कांग्रेस नेता मोहन बस्नेतको खुट्टामा समस्या
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको खुट्टामा समस्या भएपछि उपचार गराइरहेका छन् ।
नेता बस्नेतको देब्रे खुट्टा मर्किएपछि प्लास्टर गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
‘घरको भर्याङबाट ओर्लने क्रममा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतज्यूको देब्रे खुट्टा मर्किएपछि प्लास्टर गरिएको छ’, निजी सचिवालयले भनेको छ, ‘चिकित्सकहरूले कम्तिमा एक महिना आराम गर्न सल्लाह दिएका छन् ।’
काठमाडौंको तीनकुनेस्थित निवासमा उनले पार्टीको काम र भेटघाटलाई पातलो बनाएका छन् । नेता बस्नेतले अति आवश्यक काममा भने भेटघाट गर्ने गरेका छन् ।
स्थानीय तहको निर्वाचन आउन लागेको छ । खुट्टामा समस्या भएपछि नेता बस्नेत एकहप्ता आराम गरेर गृहजिल्ला सिन्धुपाल्चोकमा चुनावका अनौपचारिक कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया