प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार नियुक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।
पत्रकार परियार ‘काठमाडौं प्रेस डटकम’का सञ्चालक हुन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए ।
परियार यसअघिबाटै औपचारिक रुपमा सचिवालयमा कार्यरत रहे पनि अहिले आएर नियुक्त भएका हुन् ।परियारको स्थायी घर तनहुँ जिल्लामा पर्छ ।
प्रधानमन्त्री देउवाको सचिवालयमा प्रमुख स्वकीय सचिव भानु देउवा छन् । भानु प्रधानमन्त्री देउवाका भतिजा पनि हुन् ।
प्रशासन विज्ञ पूर्वसचिव जनार्दशन नेपाल, भाषण तथा मन्तव्य विज्ञमा किरण गजुरेल र सूचना प्रविधि विज्ञमा दीपेश केसी रहेका छन् ।
Published : Friday, 2022 February 4, 9:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया