आचार्यद्वारा दाङ कांग्रेसलाई १ लाख १० हजार ट्याब्लेट प्यारासिटामोल प्रदान
काठमाडौं । औषधि व्यवसायी पवन आचार्यले नेपाली कांग्रेस दाङलाई १ लाख १० हजार ट्याब्लेट प्यारासिटामोल औषधि निःशुल्क उपब्ध गराएका छन् ।
दाङ कांग्रेसले सञ्चालन गरेको कोरोनाविरुद्धको सचेतना अभियानलाई सहयोग गर्ने उद्देश्यले कांग्रेसका युवा नेता समेत रहेका आचार्यले प्यारासिटामोल उपलब्ध गराएका हुन् ।
ज्वरोका बिरामीले प्रयोग गर्दै आएको प्यारासिटामोल औषधि बजारमा अभाव भएका समाचार आइरहेका बेला आचार्यले गृहजिल्ला दाङमा प्यारासिटामोल पठाएका छन् ।
दाङ कांग्रेसले पालिकास्तरमा कोरोनाविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । आचार्यद्वारा प्रदान गरिएको प्यारासिटामोल औषधि दाङ कांग्रेसका सभापति शंकर डाँगीले वितरणको व्यवस्था मिलाउनेछन् ।
औषधि व्यवसायी आचार्यले दिएको प्यारासिटामोल औषधि दाङ कांग्रेसमार्फत निःशुल्क वितरण हुनेछ ।
कोरोना महामारीका बेला आचार्यले दाङमा स्वास्थ्य सामग्रीदेखि विभिन्न औषधिहरू सहयोग गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया