शिक्षकहरूका लागि अस्पताल खोल्ने निर्णय, दंगालको सचिवमा बढुवा
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले शिक्षकहरूका लागि अलग अस्पताल खोल्ने तयारी गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षकहरूलाई ‘शिक्षक अस्पताल’ निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
देशभरि हजारौंको संख्यामा शिक्षक छन् । उनीहरूको उपचारका लागि अलग्गै आफ्नो अस्पताल छैन ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निजामती कर्मचारीको आफ्नै अस्पताल छ ।
सरकारले कच्चा दूधको न्यूनतम मूल्य निर्धारण गरेको छ । कच्चा दूधको न्यूनतम मूल्य ५६.४ रुपियाँ निर्धारण गरेको कार्कीले जानकारी दिए ।
विश्व बैंकको १८ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ ।
‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोरण गर्दा लाग्ने दस्तुरमा छुट दिने निर्णय गरेको छ ।
सरकारले खुला विश्वविद्यालयको उप–कुलपतिमा शिलु मानन्धरलाई नियुक्त गरेको छ ।
नेपाल टेलिभिजनको अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
अर्थ मन्त्रालयका सह–सचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्नेसहित बढुवा समितिको सिफारिसबमोजिम कर्मचारीहरूको बढुवा गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया