प्रहरीको रासनमा चलखेल नगर्न गृह मन्त्रीको निर्देशन, प्रमुखहरूसँग वार्ता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले १२ जिल्लाका जिल्लाको शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
सोमबार गृहमन्त्री खाणले जिल्लाका प्रहरी प्रमुखहरूलाई फोन गरेर शान्तिसुरक्षाको अवस्था, प्रहरीमा कोभिड– १९ को प्रभाव र प्रहरीको रासनबारे जानकारी लिएका हुन् । खाणले प्रहरीको रासनमा कुनै पनि प्रकारको सम्झौता नगर्न कठोर निर्देशन दिएका छन् ।
प्रहरीको रासन ठेक्काका क्रममा विभिन्न चलखेल हुने र प्रहरीलाई कमसल खालको रासन खुवाएको भनेर आलोचना भइरहेका बेला गृहमन्त्री खाणले प्रहरीको खान्कीमा कुनै सम्झौता नगर्न आदेश दिएका हुन् ।
गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग कुराकानी गरेका हुन् ।
सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाणले जिल्लामा शान्तिसुरक्षाको अवस्था, प्रहरीको रासनभत्ता, शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताएका छन् ।
गृहमन्त्री खाणले आफै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूलाई फोन गरेर जानकारी लिने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया