कोरोनाविरुद्ध दाङ कांग्रेसको सचेतना अभियान
घोराही । नेपाली कांग्रेस दाङले कोरोना नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गरेको छ ।
कोरोनाका बेला सचतेना अभियान सञ्चालन गर्न दाङ कांग्रेसले जिल्ला सचिव बालिका लम्सालको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले सचेतना अभियान सञ्चलन गरेको हो ।
आइतबार सचिव लम्सालले बबई, हापुरे र तुलसीपुरमा सचेतना अभियान सञ्चालन गरिएको सचिव एवम् अभियानकी संयोजक लम्सालले जानकारी दिएकी छिन् ।
उनले कोरोनाका बेला स्वास्थ्य मापदण्ड अपनाउने, मास्क लगाउन, साबुन पानीले हात धुने लगायतका कार्य गर्नुपर्ने भनेर आफूहरूले सर्वसाधारणलाई सांकेतिक रुपमा सचेतना चलाएको बताइन् ।
सुरक्षाकर्मीहरूलाई पनि मास्कसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लम्सालले बताएकी छिन् ।
सोमबार राजपुर, गढवा र राप्ती गाउँपालिकामा सचेतना कार्यक्रम गरिनेछ ।
कार्यक्रममा जिल्ला सभापति शंकर डाँगी, सचिव अर्जुन योगी, तुलसीपुरका नगर सभापति सुरेश हमाल, बबई कांग्रेसका नेता प्रकाश केसी, क्षेत्रीय सचिव पूर्ण खत्री, महाधिवेशन प्रतिनिधि विमल रिजाल, जिल्ला सदस्य लिलाराम खनाल, गेहेन्द्र ओली, पवित्रा धिताल, शान्ता पाण्डे, कुन्ता केसी लगायतकोउपस्थिति रहेको थियो ।
दाङ कांग्रेसले सबै पालिकाहरूमा कोरोनाविरुद्ध सचेतना अभियान सञ्चालन गर्नेछ ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया