कांग्रेसले ५ दलीय गठबन्धनलाई साथमा लिएर चुनावमा जान्छ : दीपक खड्का
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पाँच दलीय गठबन्धनलाई साथमा लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा खड्काले कांग्रेस चुनावको पक्षमा रहेको बताए । कांग्रेसले चुनाव हुँदैन् कि भन्ने आशंका नपाल्न उनले आग्रह गरेका छन् ।
उनले भने, ‘हामीले विगतमा लामो समय निर्वाचन नभएको तितो अनुभव गरेका छौं । आवद्यिक निर्वाचन र बहुवादमा विश्वास गर्ने, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू नै संसदमा भएकोले यसमा तलमाथि हुने कुरा रहेन ।’
‘प्रक्रियामा प्रवेश गर्दा हामीले ०७४ सालमा चरण–चरणमा निर्वाचन सम्पन्न गर्यौं’, उनले भने, ‘त्यसका तिथिमितिको बारेमा छलफल भएको हो ।’
पूर्वराज्यमन्त्री समेत रहेका खड्काले भने, ‘सरकारले सहमतिकै आधारमा जेठमा निर्वाचन प्रक्रिया सुरु गर्नेगरि काम गर्छ ।’
‘अब निर्वाचनसम्बन्धी आशंका गरिरहनुपर्दैन् । गर्नुहुँदैन्’, उनले भनेका छन् ।
खड्काले भने, ‘कांग्रेसभित्रको आन्तरिक विषयमा पनि कुरा उठ्यो । कांग्रेसले सबै अंग र साथीहरूलई मिलाएर नै अघि बढ्छ । हाम्रो पार्टीमा विवाद, मतभेद र छलफल हुन्छ । अरु पार्टीको भन्दा बढि नै छलफल हुन्छ । पार्टीले निर्णय गरेपछि त्यही नै अन्तिम धारणा हो । यसलाई नै पार्टी फुटिहाल्ला कि विद्रोह होला कि भन्ने आशंका नगरौं ।’
उनले निर्वाचन गर्नेबारे सहमति भएपछि ऐन तथा कानून संशोधन गर्ने कुरा अहिले गर्न नहुने धारणा राखेका छन् ।
उनले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया