मनेभञ्ज्याङ– ६ मा कांग्रेसको कार्यसमिति, राईले पाए सभापतिको जिम्मेवारी
मानेभञ्ज्याङ । ओखलढुंगामा नेपाली कांग्रेसको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ६ मा नयाँ कार्यसमिति गठन भएको छ ।
सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको सभापतिको जिम्मेवारी जीवन राईले पाएका छन् । राईको नेतृत्वमा १५ सदस्यीय वडा कार्यसमिति गठन भएको छ । सभापति राई वडामा लोकप्रिय युवा नेता हुन् ।
कार्यसमिति गठन कार्यक्रममा प्रदेश सभापति आश्रचन राई, पालिका सदस्य ढाकबहादुर राई, वडाध्यक्ष हेमराज राई, वडा सभापति गायत्रीप्रसाद दाहाल, उप–सभापति मोहनबहादुर थापा मगर, सचिव गोपाल राई, सह–सचिव सुदेशकुमार राई र युवा नेता अस्त कुमार र गंगाकुमार राई, शिक्षक संघका उपाध्यक्ष इन्दिरा दाहाल लगायात नेताहरूको उपस्थिति रहेको थियो ।
सभापति राईले कांग्रेसलाई बलियो बनाउन आफ्नो तर्फबाट सबै सहयोग रहने बताएका छन् । उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भूमिका खेल्ने बताएका छन् ।
कार्यसमिति
सभापति – जीवनकुमार राई
उप–सभापति – विर्कमल राई
सचिव – सरगुन राई
कोषध्यक्ष – ममता राई
सह–सचिव – मवी राई
सदस्यहरू
शुखराज राई
कशबहादुर राई
देवकुमारी राई
नयनकुमारी राई
सविन राई
मुक्तसिंह राई
कविराम राई
हिरासन राई
गोपालराज राई
कला राई

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया