गुण्डा नाइके पुनका खास सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं । गुण्डा नाईके मनोज पुनको सहयोगीको रूपमा काम गर्दै आएका एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ परेका छन् ।

मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा मल्ललाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । काठमाडौंमा पक्राउ परेका मल्ललाई भैरहवा लैजाने तयारी भइरहेको छ ।

बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरि आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पूर्ण सूचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

ती घटनाका समयमा दल र प्रहरी प्रशासनसँगको बैठकमा समेत युवा संघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सबै सूचना मनोज पुनलाई उपलब्ध गराउँदै आएको प्रमाण प्रहरीले फेला पारेको छ ।

पक्राउ परेका मल्ललाई कर्तव्य ज्यान, जबर्जस्ती असुली, संगठित अपराध, हातहतियार खरखजानालगायतका मुद्दा लगाउने तयारी गरेको छ । अपराधमा विभिन्न कोणबाट भूमिका खेलेकाले उनीमाथि विभिन्न मुद्दा लगाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2018 April 19, 8:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया