दाङमा राप्ती कांग्रेसको आकस्मिक बैठक, निर्वाचन तयारीबारे परामर्श
मसुरिया । दाङ जिल्लास्थित नेपाली कांग्रेस राप्ती गाउँपालिकाले समसामयिक पछिल्लो राप्ती क्षेत्रको राजनैतिक अवस्थाका बारेमा छलफल गरेको छ ।
बिहीबार पार्टी कार्यालय, मौरीघाटमा आकस्मिक रुपमा बसेको छलफलमा राजनैतिक उतार चढावका बारेमा छलफल भएको हो ।
पछिल्लो केन्द्रीय राजनैतिक अवस्थाका बारेमा समेत छलफल भएको छ । बैठकमा आउँदै गरेका निर्वाचनको तयारीका विषयमा पनि छलफल भएको छ ।
नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरीद्वारा बोलाइएको बैठकमा नेता नुमानन्द सुवेदी, चन्द्रबहादुर जिसी, विलोचन चौधरी, दुर्योधन पाण्डे, ताराबहादुर डिसी, खोपेन्द्र ज्ञवाली, सुरज खड्का, पदमबहदुर पुन, युवराज भुसाल, मोहन श्रेष्ठ, चन्द्र बहादुर सुनार, सञ्जीव छिनाल, बसन्त अधिकारी, हरि भुसाललगायतको सहभागिता रहेको थियो ।
राप्ती कांग्रेसले कोरोनाबाट बच्न सबैले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न आह्वान गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया