कम्युनिस्टको किल्लामा दाङ कांग्रेसको भव्य कार्यक्रम, एमाले–माओवादीका कार्यकर्ता प्रवेश
घोराही । दाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार दाङको क्षेत्र नं. २ ‘क’ले बङलाचुली गाउँपालिका– १ बोझपोखरामा आयोजना गरिएको घुम्ती बैठक एवम् बृहत अन्तरकृया तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रदेशीहरूलाई कांग्रेसमा प्रवेश गराइएको हो ।
नवप्रवेशीहरूलाई दाङ कांग्रेसकी सचिव बालिका लम्साल र क्षेत्र नं. २ ‘क’का सभापति प्रकाश श्रेष्ठले स्वागत गरेको कांग्रेसका नेता पुरुषोत्तम शर्माले जानकारी दिए ।
सचिव लम्सालले नवप्रवेशीहरूले पार्टीमा कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्न आग्रह गरेकी छिन् । ‘दाङमा कांग्रेसलाई बलियो बनाउनुपर्छ’, सचिव लम्सालले भनेकी छिन्, ‘हामी सबैको प्रयासमा कांग्रेसलाई आगामी निर्वाचनमा जिताउने हो ।’
सभापति श्रेष्ठले कांग्रेसको बिकल्प नरहेको बताएका छन् । उनले कांग्रेस बलियो भयो भने मात्रै गाउँको विकास हुने बताएका छन् । उनले निर्वाचन केन्द्रित कार्यक्रम गर्ने बेला भएको समेत बताएका छन् ।
कार्यक्रममा सचिव लम्साल र सभापति श्रेष्ठले ईकाइ सभापतिहरूलाई नेपाली कांग्रेसको बिधान र मास्क पनि बितरण गरिएको थियो ।
नेपाली कांग्रेस दाङ– २ ‘क’का सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादव, महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपाने, नेतृ सावित्रा राना, प्रदेश प्रतिनिधिहरू पुरुषोत्तम शर्मा, केशव नेपालीलगायतको उपस्थिति रहेको थियो ।
बङलाचुली गाउँपालिका– २ का सभापति मैते पुनले स्वागत गरेका थिए । बङलाचुली गाउँपालिका– १ का सभापति विनोद गौतमले धन्यावाद दिएका थिए । दाङ क्षेत्र नं. २ ‘क’का सचिव शिशिर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
बङगलाचुली गाउँपालिकालाई कम्युनिस्टहरूले आफूहरूको कथित किल्ला ठान्छन् । कम्युनिस्टको कथित किल्लामा दाङ कांग्रेसका स्थानीय नेताहरूले कार्यक्रम गरेर कम्युनिस्टका कार्यकर्तालाई कांग्रेसमा भित्र्याएका छन् ।









बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया