इन्स्पेक्टर रम्तेललाई ललितपुरमा दशा लाग्यो, जिम्मेवारी खोसियो

काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सानुकान्छा रम्तेलको हर्कतको छानविन गरेर कारबाहीको तयारी थालेको छ ।

महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत निरीक्षक रम्तेललाई चोरीको मुद्धामा छानविन गर्न लागिएको हो । रम्तेलको जिम्मेवारी खोसेर महाशाखाको कार्यालय नयाँबानेश्वरमा तानिएको छ ।

ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा चोरी भएको थियो ।

चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्धा प्रक्रियाअघि बढाएर महानगरीय प्रहरी परिसर ललितपुरलाई जिम्मा लगाउनुको साटो घटनालाई मिलापत्र गराएको आरोप छ ।

ललितपुरमा रम्तेलको ठाउँमा महाशाखामा कार्यरत इन्स्पेक्टर केशव बह्राकोटीलाई पठाइएको छ ।

महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा समिति बनाएर उनीमाथि छानविन भइरहेको छ ।

Published : Tuesday, 2022 January 25, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया