मन्त्री पद बचाउन रेणुले फेरि झुठ बोलिन्, लज्जित बने मधेशका कार्यकर्ता

काठमाडौं । हिँसात्मक अभिव्यक्ति दिएर विवादमा परेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो भनाइको बचाउ गरेकी छिन् ।

विवादमा परेपछि नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्नेमा यादवले आफ्नो बचाउ गरेकी हुन् ।

मन्त्री यादवलाई बचाउन जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जबरजस्त समर्थन गरेका छन् । उपेन्द्र यादवको समर्थन पाएपछि रेणुले सोमबार विज्ञप्ति जारी गरेर आफ्नो बचाउ गरेकी हुन् ।

मन्त्री यादवले आफ्नो भनाइलाई पूर्वाग्रहपूर्ण अपव्याख्या भएको बताएकी छिन् । उनले आफैले बोलेको कुरालाई मन्त्री जस्तो व्यक्तिले बोल्दै नबोलेको भनेर भ्रम फैलाएकी छिन् ।

उनले माघ ५ गतेलाई बलिदानी दिवसका अवसरमा दिएको मन्तव्यको भिडियो क्लिपमा स्पष्ट भएपनि त्यसलाई वक्तव्यमार्फत् ढाकछोप गर्ने प्रयास गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि/प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री यादवले भनेकी छिन् ।

उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग गर्ने र कसैलाई उत्तेजित पार्न नभएको उल्लेख गरेकी छिन् ।

‘मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु’, मन्त्री यादवले भनेकी छिन्, ‘यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।’

उनले जनमत पार्टी नेपालका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन् ।

‘गौरमा राइस मिल अहिले पनि जीवित छ । फणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ । यो गौर ऐतिहासिक जिल्ला हो । तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सीके राउत)ले नभुलुन्’, गौरमा मन्त्री यादवले भनेकी थिइन् ।

Published : Monday, 2022 January 24, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया