नालामा भेटियो ठकुरीको शव
नेपालगञ्ज । बाँके जिल्लाको जानकी गाउँपालिका– ६ मा एक व्यक्ति शव फेला परेको छ ।
बाँके प्रहरीका अनुसार सोमबार बिहान ४२ वर्षीय मोहनसिंह ठकुरी शव नालामा फेला परेको हो । ठकुरी साइकलसहित नालामा मृत भेटिएका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीका अनुसार ठकुरी स्थानीय अम्बे स्टिल उद्योगमा काम गर्ने खुलेको छ ।
उद्योगको काम सकेर घर फर्कने क्रममा ठकुरी आइतबार राति नालामा परेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
रातभर परेको पानीले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
Published : Monday, 2022 January 24, 11:15 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया