खाडी मुलुक र मलेसिया जान गृहले तोक्यो मापदण्ड
काठमाडौं । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने जनाएको छ ।
कोरोनाको संक्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएपछि माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि ती मुलुकको भ्रमणमा जान रोक लगाएको थियो ।
आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर तोकिएका निकायका प्रतिनिधिलाई मात्र भ्रमण भिसाका लागि प्रस्थान अनुमति दिने जनाएको छ ।
सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रस्थान अनुमति दिने गृह मन्त्रालयले जनाएको छ ।
प्रवक्ता फडिन्द्रमणि पोखरेलले औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाबाट विशिष्ट कार्यका लागि जानुपर्ने आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनका लागि जाने म्यानपावर व्यावसायिक सञ्चालक वा आधिकारिक प्रतिनिधिलाई पनि प्रस्थान अनुमति प्रदान गरिने जनाएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया