काठमाडौंका विद्यालय नखोल्न चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
कोरोनाभाइरसको संक्रमण बढिरहेका वेला केही निजी विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरिरहेका बेला महानगरपालिकाले पठन–पाठनको बैकल्पिक व्यवस्था गर्न आदेश दिएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गरेर भौतिक रूपमा सञ्चालन भइरहेको पठन–पाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
निर्देशनको बेवास्ता गरे महानगर कारबाही गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया