कांग्रेस नेता सिंहले बैगुनी कम्युनिस्टहरूको आँखा खोलिदिए
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमा हुनुपर्ने बताएका हुन् ।
उनले संविधानको मर्म र भावना विपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताएका छन् ।
पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको बताएका नेता सिंहले सोही संवैधानिक प्रावधानअनुसार हुनुपर्ने बताएका छन् ।
‘संघीय निर्वाचन पनि टाइम आएपछि गर्दा राम्रो हुन्छ’, उनले भनेका छन्, ‘संविधानको भावना र मर्मअनुसार नै हुनुपर्छ ।’
नेता सिंहले भनेका छन्, ‘त्यसमा पनि केभन्दा खेरी स्थानीय निकाय चाहिँ खाली राख्नु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा हो ।’
स्थानीय तहको निर्वाचनका विषयमा कम्युनिस्टहरूले भ्रम छर्ने गरेर हर्कत गरिरहेका कांग्रेस नेता सिंहले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार हुने भनेर विरोधीहरूको आँखा खोलिदिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया