प्रधानमन्त्रीको निर्देशनपछि औषधि विभागद्वारा २५ कम्पनीसँग सिटामोलको विवरण माग
काठमाडौं । औषधि पसलहरूमा ज्वरोको सिटामोल औषधिहरू अभाव भएपछि सरकारले २५ वटा औषधि उत्पादक कम्पनीहरूसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको छ ।
औषधि व्यवस्था विभागले सूचना जारी गरेर सिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको वितरणको विवरण माग गरेको हो ।
विभागका निर्देशक नारायणप्रसाद दाहालले २४ घण्टाभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।


Published : Thursday, 2022 January 20, 2:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया