ओली र रावलको मत कति आयो ? नतिजा आउन शुरु

सौराह । एमालेको अध्यक्ष पदमा भएको मतगणनाको नतिजा आउन थालेको छ ।

अध्यक्षका प्रत्याशी खड्गप्रसाद ओलीले ८३२ मत पाएका छन् । अध्यक्षका अर्का प्रत्याशी भीमबहादुर रावलले ९३ मत पाएका छन् ।

सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट मतदान गरिएको थियो ।

अन्तिम ततिजा एकघन्टाभित्रै आउने निर्वाचन समितिले जनाएको छ ।

मतदानमा दुई हजार ९६ मत खसेको थियो । १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि मतदान भएको छ ।

रावलले आफू पराजित हुन्छु भन्ने जाँदाजान्दै ओलीलाई सर्वसम्मत हुन नदिन उम्मेदवारी दिएका थिए । ओलीको अहँकार र घमण्डलाई रावलले १०औँ महाधिवेशतमा तोडिदिएका छन् ।

ओलीले अध्यक्ष पदमा जिते पनिको हार हुनेछ । ओलीका हनुमानहरूले रावलका अगाडि हारेका छन् ।

Published : Tuesday, 2021 November 30, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया