कांग्रेस नेता खतिवडाले ओलीलाई ‘नारायणी नदी’मा लगेर नङ्ग्याए
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेको राष्ट्रिय अधिवेशनमा भएको खड्गप्रसाद ओलीको निरंकुशताप्रति चिन्ता जनाएका छन् ।
सोमबार खतिवडाले ट्वीट गर्दै ओलीले एमाले र राष्ट्रिय महाधिवेशन आफू केन्द्रित बनाएको भन्दै ब्याङ्ग्य गरेका हुन् । ओलीलाई जंगबहादुर राणा नबन्न उनले सुझाव दिएका छन् ।
‘चितवनको नारायणीमा एमाले पार्टीको अधिवेशन ओली अधिवेशनमा परिणत भयो’, उनले भने, ‘कोटको खल्तीबाट निकालेका केन्द्रीय सदस्य जंगबहादुर राणाको आदेश जस्ता मात्रै भए ।’
कांग्रेस नेता खवितडाले भनेका छन्, ‘मोतीलाल इन र लालबाबु आउट भएछन् ।’ ओलीले केन्द्रीय कमिटीमा व्यापारी मोतीलाल दुगडलाई केन्द्रीय सदस्य बनाएका छन् । सचिवमा अपेक्षा राखेका लालबाबु राउतलाई आउट गरेको भन्द्र खतिवडाले ब्याङ्ग्य गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया