भैरहवा झरे गृहमन्त्री खाण, शाहले पाए लुम्बिनी कांग्रेस सभापतिको टिकट
भैरहवा । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पार्टीको प्रदेश कार्यसमितिको अधिवेशनको तयारीका लागि भैरहवा आएका छन् ।
सोमबार बेलुका नेता खाण भैरहवा आइपुगेका हुन् । कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन मंसिर १६, १७ र १८ गते हुँदैछ । त्यही अधिवेशनको तयारीका लागि गृहमन्त्री खाण भैरहवा आएको कांग्रेस महाधिवेशन प्रतिनिधि विमल ढकालले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाको टिमबाट लुम्बिनी प्रदेशको सभापतिमा नेता भरतकुमार शाहले उम्मेदवारी दिनेछन् । शाहलाई सभापतिमा जिताउनका लागि नेता खाण भैरहवा आएका हुन् ।
नेता शाहले विशेष कार्यक्रम गरेर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।
नेता शाह प्रतिनिधि सभाका सांसद पनि हुन् । उनी प्रतिनिधि सभाका सार्वजनिक लेखा समितिका सभापति समेत हुन् । सरल र सामान्य स्वभावका नेता शाह रुपन्देही कांग्रेसका लोकप्रिय नेता हुन् ।
नेता शाहलाई सभापतिमा आफ्नो टिमबाट जिताउनका लागि गृहमन्त्री खाणले आन्तरिक तयारी गरेको नेता ढकालले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया