ओली समर्थक विवादित सचिव पर्यटनमा पुगे, सचिवहरूको सरुवा
काठमाडौं । सरकारले दश जना सचिवहरूको सरुवा गरेको छ ।
बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय र विभिन्न निकायका १० जना सचिवहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीको सरुवा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
पर्यटन मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरिएको छ ।
पर्यटन मन्त्रालयमा सरुवा भएका सचिव न्यौपाने एमाले समर्थक हुन् । न्यौपाने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रामबहादुर थापाको निकै नजिक रहेर काम गरेका थिए ।
शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई जगेडामा राखिएको छ ।
ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।
वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा सरुवा गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया