गुल्मी कांग्रेसको सभापतिमा पन्थी निर्वाचित
गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् ।
सोमबार बिहान सार्वजनिक भएको नतिजाअनुसार सभापतिमा पन्थीले १ हजार २ सय ७१ मत ल्याएका छन् । पन्थी नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।
सभापतिका उम्मेदवार बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका छन् । थापा सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।
पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव थिए । थापा महाधिवेशन प्रतिनिधि हुन् ।
उप–सभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिवबहादुर खत्रीले १ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् ।
सचिवमा जगदीश भट्टराईले ९९१ र भगतसिंह खड्काले १ हजार २२ मत ल्याएर निर्वाचित भएका छन् ।
सह–सचिवमा छविलाल पाण्डेले १ हजार १३३ मत र धर्मराज पाण्डेले ८५० मत ल्याएर निर्वाचित भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया