धादिङ कांग्रेसको सभापतिमा अधिकारी र ढुंगानाबीच कडा टक्कर, को अगाडि ?
धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा कडा टक्कर परेको छ ।
सभापतिमा रामनाथ अधिकारी र भीम ढुंगानाबीच कडा प्रतिस्पर्धा भएको हो । धादिङमा जारी मतगणनामा अधिकारीले ३०३ मत पाएका छन् ।
सभापतिका अर्का उम्मेदवार ढुंगानाले २९७ मतपाएका छन् । अहिलेसम्म ६ सय मत गणना भएको छ ।
सभापतिमा उम्मेदवार बनेका अधिकारी नेता रामचन्द्र पौडेल निकटका हुन् । ढुंगाना सभापति शेरबहादुर देउवा निकटका हुन् ।
अधिकारी पूर्वसांसद र धादिङका सभापति भइसकेका व्यक्ति हुन् । ढुंगाना निलकण्ठ नगरपालिकाको मेयर छन् ।
धादिङमा दुबै नेताहरू लोकप्रिय छन् । युवाहरूका बीचमा ढुंगाना अलिक धेरै रुचाइएका नेतामा पर्छन् । ढुंगाना अघिल्लो महाधिवेशनमा पनि सभापति पदमा पराजित भएका थिए ।
Published : Sunday, 2021 November 28, 8:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया