फुटबल टिमलाई तरुण विभागले नगदसहित सम्मान गर्ने
काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले फुटबलमा इतिहाँस रच्न सफल नेपाली फुटबल टिमलाई एक लाख एघार हजार र सम्मान पत्रद्वारा सम्मान गर्ने निर्णय गरेको छ ।
काठमाडौंको पानीपोखरीस्थित विभागको कार्यालयमा बसेको बैठकले फुटबल टिमलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको विभागका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले जानकारी दिए ।
असोज ३० गते माल्दिभ्समा सम्पन्न भएको साउथ एसीयन फुुटबल फेडेरेसनको खेलमा नेपालको तर्फबाट खेलाडीहरूले उत्कृष्ठ खेल प्रदर्शन गरेका थिए ।
नेपालको फुुटबल खेल इतिहाँसको २८ वर्षपछि फाईनल खेलमा प्रवेश गरेको उपलक्ष्यमा नेपाली टिमलाई तरुण विभागको तर्फबाट काठमाडौंमा खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकहरूलाई नगद एक लाख एघार हजार र सम्मान पत्रद्वारा सम्मान गर्ने निर्णय गरेको छ ।
पुुरस्कार वितरण तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्नका लागि तरुण विभाग केन्द्रीय सदस्य पासाङ्ग नोर्बुु शेर्पाको संयोजकमा सात सदस्य समिति गठन भएको छ । समितिले सम्पूर्ण तयारी गर्नेछ ।
फाईनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो । भारतसँग नेपाली टिम पराजित भए पनि इतिहाँस रच्न सफल भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया