अध्यक्ष अन्सारी र पाकिस्तानी क्रिकेटका पूर्व कप्तानबीच भेट
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग पाकिस्तानका राष्ट्रिय टोलीका पूर्व कप्तान शाहीद अफ्रिदीले भेटवार्ता गरेका छन् ।
शुक्रबार ललितपुरको जावलाखेलस्थित आयोगको कार्यकक्षमा अध्यक्ष अन्सारी र पाकिस्तान क्रिकेटका पूर्व कप्तान अफ्रिदीबीच भेटवार्ता भएको आयोगले जनाएको छ ।
भेटवार्तामा नेपालको क्रिकेट र पाकिस्तानबाट हुन सक्ने सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । अफ्रिदीले नेपालले क्रिकेटमा राम्रो काम गरेको भन्दै नेपाली खेलाडीहरूको प्रशंसा गरेका छन् ।
अफ्रिदीले एभरेस्ट प्रिमियर लिगका आयोजकहरू आमिर अख्तरसँग पनि शिष्टाचार भेट गरेका छन् ।
Published : Friday, 2021 September 24, 11:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया