देउवा प्रधानमन्त्री हुनेवित्तिकै अमेरिकाले सहयोगको बाढी ल्याइदियो, ४४ सय सिलिण्डर प्रदान
काठमाडौं । नेपाललाई कोरोना महामारीसँग जुध्नका लागि अमेरिकाले ४ हजार ४ सय थान सिलिण्डर उपलब्ध गराएको छ ।
४७ लिटर क्षमताका अक्सिजन सिलिण्डरहरू नेपाललाई उपलब्ध गराएको नेपालका लागि अमेरिकी राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार ढल्नेवित्तिकै अमेरिकाले नेपालालई आफ्नो सहयोगमा तिब्रता दिएको छ ।
‘यो महामारीको शुरूवात देखिनै अक्सिजनको दीर्घकालीन आपूर्ति एक चुनौती बन्दै आएको छ’, दूतावासले भनेको छ, ‘नेपालस्थित अमेरिकी मिशनमा कार्यरत अमेरिकी इन्डो–प्यासिफिक कमान्ड, रक्षा मन्त्रालय र स्पेसल अपरेसन्स कमाण्ड प्यासिफिक अन्तर्गतका अधिकारीहरूले नेपालका विभिन्न भागमा ४७ लिटर क्षमताका अक्सिजन सिलिन्डरहरूको हस्तान्तरण शुरू गर्नुभएको छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेवित्तिकै अमेरिकाले नेपालमा आफ्नो सहयोगलाई तिब्रता दिएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अमेरिकाले नेपाललाई कोरोना महामारीसँग लड्नका लागि सबै प्रकारको सहयोग गर्ने जनाइसकेका छन् ।
यसअघि अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसनको कोरोनाविरुद्धको खोप दिएको थियो । अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको छ । तर, अमेरिकाको सहयोगलाई कम्युनिस्टहरूले रुचाउँदैनन् ।
चीनको भत्ता खाएका कम्युनिस्टहरूले नेपाललाई अमेरिकाले गर्ने सहयोग मन पर्दैन । भारतले नेपाललाई गर्ने सहयोग पनि कम्युनिस्टलाई मन पर्दैन । चीनले गर्ने सहयोगप्रति नेपालका कम्युनिस्टहरूले स्वागत गर्ने गर्छन् ।





बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया