कांग्रेसका यी नयाँ मन्त्रीहरूको नामबारे चर्चा

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ मन्त्रीहरूका बारेमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूबीच छलफल भएको छ ।

सोमबार दिउँसो काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री शशांक कोइराला निवासमा छलफल भएको हो । छलफलमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका बारेमा परामर्श भएको छ ।

छलफलमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, रामशरण महत र प्रदीप पौडेल सहभागी थिए ।

पौडेल समूहबाट मन्त्रीमा सुजाता कोइराला, मीनेन्द्र रिजाल, प्रकाशमान सिंह, शशांक कोइराला, दिलेन्द्र बडूलगायतको नाम चर्चामा छ ।

नेता कृष्णप्रसाद सिटौला समूहले उमाकान्त चौधरीलाई अगाडि बढाएको छ । महामन्त्री पूर्णबहादुर खड्का समूहबाट पुष्पा भुसालको नाम चर्चामा छ ।

Published : Monday, 2021 July 19, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया