विश्वासको मत लिएको दोस्रो दिन देउवा जनतासँग लाइनमा यसरी देखिए

काठमाडौं । विश्वासको मत लिएको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका विभिन्न स्थानका कोभिड–१९ खोप केन्द्रहरूको अनुगमन गरेका छन् ।

सोमबार प्रधानमन्त्री देउवाले अनुगमनका क्रममा उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालल गरेको खोपकेन्द्र पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोपकेन्द्रको समेत अनुगमन गरेका छन् ।

विभिन्न स्थानमा रहेको खोप केन्द्रको अनुगमनका क्रममा उनले खोप कार्यक्रमलाई व्यवस्थित बनाउनसमेत निर्देशन दिए ।

सरकारले खोप ल्याएर छिटोभन्दा छिटो जनतालाई लगाइदिने बताए । उनले स्वास्थ्य मापदण्डहरू पूरा गर्न पनि अनुरोध गरेका छन् ।

खड्गप्रसाद ओली प्रधानमन्त्री रहेका बेला खोपलाई भन्दा पनि सत्तालाई प्रहिलो प्राथमिकतामा राखेका थिए । स्वास्थ्य सामग्री र खोप खरिदमा ओली सरकारले ठूलो घोटाला गरेको आरोप छ ।

Published : Monday, 2021 July 19, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया