देउवालाई मतदान गर्ने यी हुन् जसपाका १९ सांसद, ठाकुर–महतो चकित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जसपाको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आइतबार बसेको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपाको संसदीय दलको बैठकमा बहुमत पुगेको छ । उपेन्द्र यादवतिर १९ सांसद भएका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतोलाई छाडेर सांसदहरू आएपछि उपेन्द्र यादवतिर १९ सांसद पुगेका हुन् ।

जसपाको संसदीय दलका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षमा बसेको बैठकले देउवलाई मतदान गर्ने निर्णय गरेको प्रदीप यादवले जानकारी दिएका छन् ।

बैठकमा सांसदहरू महिन्द्र राय यादव, बाबुराम भट्टराई, उपेन्द्र यावद, राजेन्द्रप्रसाद श्रेष्ठ, रेणुकमारी यादव, मृगेन्द्रकुमार यादव, अमृता अग्रहरी, रामसहाय यादव, मोहम्मद ईश्तियाक राई, प्रदीप यादव, रामबाबाुकुमार यादव, सुरेन्द्रकुमार यादव, डा.सर्यनारायण यादव, लीलादेवी सिटौला, नरमाया ढकाल, रानी मण्डल, रेणुका गुरुङ र प्रमोद साह रहेका थियो ।

Published : Sunday, 2021 July 18, 4:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया