‘बोका’वाला समाचारको बेलबारीद्वारा खण्डन
काठमाडौं । मोरङको बेलबारी नगरपालिकाले बोयर जातको बोका र पाठी ठेक्का र खरिद प्रकरणका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘बेलबारी नगरपालिकाले सूचनाको हकको सम्मान गर्दै सरोकारवालालाई माग गरेको सूचना सहज ढङ्गले उपलब्ध गराउँदै आएको अवस्थामा केही मिडियामा नगरसँग सूचना, जानकारी सत्य तथ्य खोजी गर्नेभन्दा पनि तथ्यहीन, निराधार र भ्रामक समाचार प्रकाशन, प्रसारण गर्ने गरेकोमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
नगरप्रमुख सुवेदीले भनेका छन्, ‘यस प्रकारको भ्रामक समाचारप्रति निगरानी राख्न प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
‘सञ्चारमाध्यममा आम जनतालाई भ्रममा पार्ने गरि विना प्रमाण तथ्यहीन, कपोलल्पित र पूर्वाग्राही भएर कसैको चरित्र हत्या हुने गरि समाचार सम्प्रेषण नगर्न सचेत गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रम सिर्जना गरि चरित्र हत्या गर्नु निन्दनीय र घृणित र्का मात्र नभई मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ को उपधारा (२) (क) बमोजिम कसुर ठहरिने हुनाले यस्ता भ्रामक र घृणित कार्य नगर्न र नगराउन ध्यानाकर्षण राउँछ छु ।’
(बेलबारीमा ‘बोका काण्ड’पछि बण्डर, पैसा पचाउन नगर प्रमुख र अधिकृतको ठूलै हर्कत)
‘सञ्चारमाध्यम राज्यको चौथो अंग हो । स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको सिद्धान्तमा आम सञ्चारमाध्यम लोकतान्त्रिक मुलुकको पूर्वसत हो’, सुवेदीले भनेका छन्, ‘यस सन्दर्भमा सञ्चारमाध्यमको भूमि महत्वमाथि नगरपालिकाको सदैव सम्मान रहन्छ । सञ्चारजगतले समेत आफ्नो आचारण र पेशाप्रति मर्यादा कायम गरि निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछौँ’, नगरप्रमुख सुवेदीले भनेका छन् ।
रिपब्लिका दैनिक डटकमले ‘बेलबारीमा बोका काण्डपछि बबण्डर, पैसा पचाउन नगर प्रमुख र अधिकृतको ठूलै हर्कत’ शीर्षकमा समाचार सम्प्रेषण गरेपछि नगरपालिकाले आफ्नो खण्डन पठाएको हो ।
समाचार सम्प्रेषण गर्दा पनि रिपब्लिका दैनिकले नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख र प्रमुख कार्यकारी अधिकृत तथा ठेकेदार कम्पनीसँग कुरा गरेर उनीहरूको धारणा समेत राखेको थियो ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया