पाल्पामा दुर्घटना, बर्दियाका डाँगीको मृत्यु

पाल्पा । पाल्पा जिल्लामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

तिनाउँ गाउँपालिका–३ झुम्सास्थित सिद्दार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा बर्दिया जिल्लाको बासगढी नगरपालिका– ६ का ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

लु ६७ प ५९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा डाँगीको मृत्यु भएको हो । दुर्घटनामा बर्दियाकै दीपेन्द्र चौधरी घाइते भएका छन् ।

घाइते उनीहरूलाई उपचारका लागि बुटवल लगिएको थियो । उपचारका लागि लैजाने क्रममा डाँगीको बाटोमा मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

उनीहरूले पाल्पाको झुम्सा चौकीभञ्ज्याङको भित्री सडक मर्मत सम्बन्धि लेवर काम गर्दै आएका थिए ।

Published : Thursday, 2021 June 24, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया