तरुण उपाध्यक्ष चापागाइँको पहलमा दिङ्लाले पायो कन्सन्ट्रेसन मेसिन
भोजपुर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँको पहलमा भोजपुरमा दुई जान अक्सिजन कन्सन्ट्रेसन र एक हजा मास्क हस्तान्तरण गरिएको छ ।
भोजपुर जिल्लाको षडानन्द नगरपालिका दिङ्लाको कोभिड–१९ अस्थायी अस्पताललाई मंगलबार अक्सिजन कन्सन्ट्रेसन र १००० माक्स हस्तान्तरण गरिएको हो ।
अमेरिका नेपाल मेडिकल काउन्सिलले उपलब्ध गराएको ती स्वास्थ्य सामग्रीलाई हस्तान्तरण गरिएको चापागाइँले जानकारी दिए ।
सो संस्थाका अध्यक्ष डा.भुपेन्द्र बस्नेतको विशेष पहलमा स्वास्थ्य सामग्रीहरू ल्याइएको उपाध्यक्ष चापागाइँले बताए ।
यसअघि पनि चापागाइँले भोजपुर जिल्लामा कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका थिए ।
Published : Tuesday, 2021 June 22, 9:55 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया