फिलिपिन्सद्वारा चीनको भ्याक्सिन फिर्ता लैजान चेतावनी
फिलिपिन्स । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले चीनले सहयोग स्वरुप दिएको एक हजार सिनोफार्म भ्याक्सिन फिर्ता लैजान चेतावनी दिएका छन् ।
विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित नभएको भ्याक्सिन लगाएका कारण दुतेर्तेले आलोचना खेपिरहेका छन् ।
चीनलाई भविष्यमा सिनोफार्म नभई सिनोभ्याक भ्याक्सिन मात्रै पठाउन राष्ट्रपति दुतेर्तेले भनेका छन् ।
‘मैले कम्प्यासनेट युज क्लज अन्तर्गत सिनोफार्मको खुराक लिएको थिएँ’, दुतेर्तेले भनेका छन्, ‘किनभने मलाई मेरो डाक्टरले भ्याक्सिन लिन सल्लाह दिएका थिए ।’
उनले चिनियाँ भ्याक्सिन नलगाउन मानिसहरूलाई अपी गरेका छन् ।
‘मैले जे गरेँ, त्यो नगर्नुहोस्’, दुतेर्तेले भने, ‘यो खतरनाक छ । किनभने यो विषयमा कुनै अध्ययन गरिएको छैन ।’
उनले भने, ‘शरीरका लागि ठीक नहुन पनि सक्छ । चिनियाँ भ्याक्सिन लिने ममात्रै एक्लो व्यक्ति रहन दिनुहोस्, तपाईंहरू नलिनुहोस् ।’
डब्लुएचओले सिनोफार्मलाई अहिलेसम्म अनुमति दिएको छैन । यसको नकारात्मक असर हुन सक्ने सम्भावना छ ।
राष्ट्रपति दुतेर्तेले पछि समस्या नहोस् भन्नका लागि यो फिर्ता लानुपर्ने बताएका छन् ।
यी दुई चिनियाँ भ्याक्सिनले भाइरसको कणलाई मार्ने तरिकामा काम गर्छ । मोडर्ना र फाइजर भ्याक्सिन हो जसले शरीरमा भाइरल प्रोटिन बनाउने प्रक्रियामा काम गर्छ ।
फिलिपिन्समा एस्ट्राजेनेका र सिनोभ्याक्सले अप्रुभल पाइसकेका छन् ।
फिलिपिन्समा १० लाख कोरोना संक्रमित भेटिएका छन् । हालसम्म १८ हजार संक्रमितको मृत्यु भइसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया