ओलीको नयाँ योजना बाहिरियो, बालुवाटारलाई पच्छार्ने नेपाल समूहले पनि बनायो अर्को योजना
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार ढल्ने संघारमा पुगेका बेला बालुवाटारको विभिन्न तिकडमहरू शुरु भएका छन् ।
ओलीले सरकार बचाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग अनुरोध गरेका छन् । देउवाले ओलीलाई सरकार बचाउन साथ दिन नसकिने जवाफ दिएर फिर्ता पठाइदिएका छन् ।
देउवाको जवाफले तनावमा परेका ओलीले अरु विकल्पहरूको खोजीमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भनेका ओलीले बुधबार देउवालाई नै भेटेर हातजोडेर सहयोगको अनुरोध गरेका छन् ।
ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयास गर्नेछन् । विश्वासको मत पाउन सकेनन् भने ओलीले संसद विघटन गरेर निर्वाचनतिर जाने सम्भावना निकै छ ।
ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा)का महन्थ ठाकुरको साथ लिएर विश्वासको मत लिने प्रयास पनि गरिरहेका छन् । ठाकुरले विश्वासको मत दिए भने एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूले सामूहिक राजीनामा दिने सम्भावना पनि निकै छ ।
ओलीले नेपाल समूहलाई विश्वास गरिरहेका छैनन् । नेपाल समूहले फ्लोर क्रस गर्नेछैन । नेपाल समूहले फ्लोर क्रसभन्दा पनि समूहिक राजीनामा दिने पक्षमा रहेको चर्चा एमालेभित्र छ ।
वरिष्ठ नेता नेपालले आइतबारदेखि राजनीतिक भेटघाटहरूलाई अलिक तीब्र बनाएका छन् ।
नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतसँग भेटवार्ता गरेका थिए ।
भेटहरूमा मुलुकलाई कसरी सहि बाटोमा लैजाने र कोरोना महामारीका बेला जनताको जीवन रक्षा गर्ने विषयमा छलफलहरू भएका थिए । अविश्वासको प्रस्तावमा पनि परामर्शहरू भएका थिए ।
तर, बालुवाटार निकटका हनुमानहरूले एमालेका वरिष्ठ नेता नेपालको बद्नाम गर्ने गरेर समाचार लेखाउने, सामाजिक सञ्जालमा लेख्ने लगायतका गतिविधि गरेको चर्चा एमालेभित्र छ ।
नेता नेपाल निकटका पत्रकार रामकुमार एलनले फेसबुकमा लेखेका छन्, ‘बुधबार दिनैभर मैले चिनेजानेका मित्रहरू, पत्रकारहरू, सम्पादकहरू, सञ्चार उद्यमी एवम् माधव नेपाल र केपी ओली टाढै रहेको देख्न चाहने सूर्यछापधारी द्वन्द्व उद्यमीहरूले उपेन्द्र यादवको बैठकमा माधव नेपाल १५ जनालाई राजीनामा दिन लगाउने नेपालको वचनलगायतका कपोलकल्पित, मिथ्या भ्रामरीहरू अनलाइनमा मात्र नसकेर फेसबुकमा पनि बेच्नु भयो, त्यसमा कुनै सत्यता छैन ।’
‘सत्य यो चैँ हो, वैशाख २७ गते विश्वासको मत लिएपछि कारबाही गर्ने भन्ने ओली खेमाको निर्णय नेपाल समूहमा आइपुगेपछि कारबाही नै गर्ने हो भने फ्लोर क्रस कल्पना छैन, बरु सामूहिक राजीनामा दिने । त्यो पनि बहसमा छ’, एलनले लेखेका छन् ।
‘२७ वैशाख आउन अझै १५–२० हजार सुखी नेपालीलाई कोराना हुनै बाँकी छ, पानीजहाजको कार्यालय भएको काठमाडौंमा । धैर्य गरौँ’, उनले लेखेका छन्, ‘हजारले बोलेको झूट एक वचनले काट्नुपर्ने, त्यो पनि आफ्नै साथीहरूको, मलाई अघोरै लाज हुनुपर्ने हो, तर अचेल एक्लै किन नपरुँ, सत्य बोल्ने हो भन्नेमा अरु आत्मविश्वास छ, रोगसँग लड्ने आत्मविश्वास बोकेका प्रधानमन्त्रीबाट उत्साहित भएर उहाँकै वाणीमा अडिएको छु, सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने ।’
ओली निकटका केही अनलाइनहरूले नेता नेपाललाई उपेन्द्र यादवले १५ जनाभन्दा धेरैले राजीनामा नदिनु होला भनेर भनेको भनेर कपोल्कल्पित समाचारहरू राखेपछि नेपाल समूह रिसाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया