पूर्वरानी शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आईसीयूबाट वार्डमा सारिएको छ ।

शाहको नर्भिक इन्टरनेशल हस्पिटलमा उपचार भइरहेको छ । नर्भिकले विज्ञप्ति जारी गरेर स्वास्थ्यमा सुधार भएपछि वर्डामा सारिएको जनाएको छ ।

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबारदेखि वार्डमा सारिएको हो ।

उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

Published : Wednesday, 2021 May 5, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया