कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
कोरोना देखिएपछि शर्मा आइसोलेसनमा बसेका छन् । उनले टेकु अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाको निर्देशनमा औषधि खान शुरु गरेको जनाएका छन् । शर्मालाई सोमबार बिहान कोरोना पुष्टि भएको थियो ।
‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब दिएँ’, उनले भने, ‘सोमबार बिहानीपख रिपोर्ट आयो–पोजेटिभ ।’
‘टेकुका चिकित्सक डा.अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु’, उनले भने, ‘लक्षणले च्यापेका छन् । तर मनोबल उच्च छ ।’
उनले भनेका छन्, ‘सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’
Published : Monday, 2021 May 3, 10:34 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया