पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
तानसेन । पाल्पा जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
तिनाउँ गाउँपालिका– १ कचल मुहान टोल बस्ने कर्णबहादुर उचईको घरमा शनिबार राति चट्याङ पर्दा १६ वर्षीय प्रेमबहादुर बगाले मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते बगालेलाई उपचारका लागि लुम्बिनी मेडिकल केलज प्रभास पाल्पा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
चट्याङ लागेर १५ वर्षीया ईन्दिरा उचई घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।
चट्याङ लागेर रैनादेवी छहरा गाउँपालिका– ४ घर भई हाल तिनाउँ गाउँपालिका– १ बस्ने वर्ष १९ का रामु गाहा घाइते भएका छन् ।
उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया