शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल वमन हाईक’, अनुराधा र पूजा सहभागी
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा अल वमन हाईक कार्यक्रम आयोजना गरेको छ ।
‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ शनिबार कार्यक्रम आयोजना गरिएको हो ।
भारतको ७५औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदल यात्राको आयोजना गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकी धर्मपत्नी पूजा क्वात्रा सो कार्यक्रमको विशेष अतिथिका रुपमा रहेकी थिइन् ।
पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो ।
अनुराधा कोइरालाले स्थापना गरेको माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रम आयोजना गरेको थियो ।
बेचबिखनमा परेका पीडित महिलाहरूको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुर्याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।
पूजा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थी वा उनीहरूका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया