कांग्रेस नेता खतिवडाद्वारा पोखरामा बी.टी.कप फुटबलका विजेतालाई ट्रफी प्रदान
पोखरा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले १४औँ बी.टी. कप तथा चौथो बीरेन स्मृति फुटबलका विजेता टिम र खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका छन् ।
पोखरामा शनिबार सम्पन्न फाइनल खेलपछि आयोजित पुरस्कार वितरणका क्रममा प्रमुख अतिथि खतिवडाले विजेता टिमलाई नगदसहित ट्रफी प्रदान गरेका हुन् ।
सो क्रममा खतिवडाले खेल र खेलाडीले देशको नाम विश्वभरि फैलाउनेभन्दै खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । उनले खेलकुदको क्षेत्रमा अनुशासन निकै हुनेभन्दै राजनीतिमा पनि अनुशासनको खाँचो रहेको बताएका छन् ।
प्रतियोगितामा ४२ वटा फुटबल टिमको सहभागिता रहेको थियो ।
प्रथम भएको टिमले एक लाख बत्तीस हजार दुई सय बाईस रुपियाँ नगदसहित ट्रफी हात पारेको छ । दोस्रो भएको टिमले बयासी हजार दुई सय बाईस रुपियाँ र ट्रफी हात पारेको छ ।







बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया