कांग्रेस नेता बस्नेतद्वारा सप्तरीमा क्रिकेटको विजेतालाई ट्रफी प्रदान
राजविराज । सप्तरी जिल्लामा टी–२० क्रिकेटका विजेता टिमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ट्रफी र पुरस्कार प्रदान गरेका छन् ।
आइतबार तिरुत गाउँपालिका– ५ मा सम्पन्न प्रतियोगिताको विजेता टिमलाई खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले ट्रफी प्रदान गरेका हुन् । खेलाडीहरूलाई पुरस्कार र प्रमाण–पत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवसहितका कांग्रेस नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता बस्नेतले खेलाडी राष्ट्रको गहना रहेको भन्दै खेलाडी र खेल क्षेत्रका व्यक्तिहरूको सम्मान गर्न सिक्नुपर्ने बताएका छन् । उनले खेलाडी र खेल गोत्रलाई राष्ट्रको चिनारी रहेको बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया