सीपीएलको उपाधि ट्रीनबागो नाइट राइडर्सले जित्याे
वेष्ट इण्डिज । क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रीनबागो नाइट राइडर्सले जितेको छ ।
वेष्ट इण्डिजमा बिहीबार राति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले उपाधि जितेको हो ।
जुक्सले दिएको १ सय ५५ रनको लक्ष्य नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।
नाइट राइडर्सको जितमा लिन्डल सिमन्सले ८४, ड्यान ब्रावोले अविजित ५८ रनको योगदान दिए ।
बलिङमा जुक्सका स्कट कुग्लाइन र रोस्टन चेसले १र१ विकेट लिए ।
टस हारेर ब्याटिङको मौका पाएको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
जुक्सले आन्द्रे फ्लेचरले ३९, मार्क दयालले २९, नजीबुल्लाह जर्दानले २४, रोस्टन चेसले २२ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।
बलिङमा नाइट राइडर्सका कप्तान किरण पोलार्डले ४, अलि खान, फवाद अहमदले २र२ र अकिल होसेनले १ विकेट लिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया