ग्राण्डस्ल्याममा ओसाका अघिल्लो चरणमा प्रवेश
न्युयोर्क । ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता युएस ओपनमा विश्व नम्बर एक नोभाक जोकोविच पुरुष एकलमा चौथो चरणमा प्रवेश गरेका छन् ।
जोकोविचले जान लेनार्ड स्टुर्फलाई सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेका हुन् ।
उनले ६–३, ६–३ र ६–१ ले पराजित गरेर अघिल्लो चरणमा स्थान बनाएका हुन् । १८औं ग्रान्डस्ल्याम जित्ने अभियानमा रहेका जोकोविच २०२० मा अपराजित छन् ।
अब उनले चौथो चरणमा स्पेनका २०औं वरीयताका पाब्लो कारेनो बुस्टासँग खेल्नेछन् ।
महिला एकलमा जापानकी नाओमी ओसाका जित हात पारेर अघिल्लो चरणमा पुगेकी छिन् ।
चौथो वरीयताकी २२ वर्षीया ओसाकाले मार्ता कोस्टयुलाई ६–३, ६–७, ४–७ र ६–२ ले पराजित गरेकी हुन् ।
Published : Saturday, 2020 September 5, 10:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया