चेल्सीले हाभर्टेजलाई ७२ मिलियन पाउण्ड दिने
लण्डन । इंग्लिस क्लब चेल्सी जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड काई हाभर्टेजलाई अनुबन्ध गर्ने भएको छ ।
यसअघि नै उनी चेल्सीमा आउने भनिएपनि सम्झौतामा पुग्न सकेको थिएन ।
शुक्रबार हाभर्टेजले चेल्सीमा अनुबन्धित हुनका लागि जर्मन क्याम्प छाडेका छन् । उनी यतिबेला युईएफए नेसन्स लिग फुटबलका लागि जर्मनको राष्ट्रिय टोलीमा समावेश रहेका छन् ।
उनले चेल्सीसँगको सम्झौता प्रक्रिया पूरा गर्नका लागि जर्मनको राष्ट्रिय टोलीबाट विशेष अनुमति लिएका छन् ।
चेल्सीले हाभर्टेजलाई करिब ७२ मिलियन पाउन्ड तिर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । गत सिजनमा उनले बायर लिभरकुसेनका लागि १८ गोल गरेका थिए भने ९ वटा गोलका लागि अवसर सिर्जना गरेका थिए ।
उनलाई अनुबन्ध गर्नका लागि रियल मड्रिड र बायर्न म्युनिख पनि प्रतिस्पर्धामा थिए । तर चेल्सीले यो दौडमा सबैभन्दा अगाडि देखिएको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया