कांग्रेसको बैठक बोलाउन देउवा तयार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिणामबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउने संकेत गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको पदाधिकारीसँगको भेटमा देउवाले निर्वाचन परिणामबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले बिहान पार्टीका केही पदाधिकारीसँग अनौपचारिक भेट गरी केन्द्रीय समितिको बैठकबारे पनि छलफल गरेका थिए । भेटमा राष्ट्रियसभा अध्यादेशबारे पनि छलफल भएको एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसको परिणाम कमजोर भएकोले पार्टीका नेताहरुले नेतृत्वसमक्ष विशेष महाधिवेशनको माग गरिरहेकाले देउवा दवावमा परेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत