कांग्रेसको बैठक बोलाउन देउवा तयार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिणामबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउने संकेत गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको पदाधिकारीसँगको भेटमा देउवाले निर्वाचन परिणामबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले बिहान पार्टीका केही पदाधिकारीसँग अनौपचारिक भेट गरी केन्द्रीय समितिको बैठकबारे पनि छलफल गरेका थिए । भेटमा राष्ट्रियसभा अध्यादेशबारे पनि छलफल भएको एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसको परिणाम कमजोर भएकोले पार्टीका नेताहरुले नेतृत्वसमक्ष विशेष महाधिवेशनको माग गरिरहेकाले देउवा दवावमा परेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत