यी हुन् जासुसी गर्ने एप्स, गुगलले हटाइदियो
लण्डन । गुगलले प्ले स्टोरबाट जासुसी गर्ने २० एप्सलाई हटाएको छ । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए ।
यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिरहेको थियो ।
गूगलले यस विषयमा एउटा ब्लग पनि पोष्ट गरेको छ जसअनुसार यी एप्समा यस्ता कोड थिए जसको मद्दतले यस्ता काम गर्न सकिन्थ्यो ।
फोन रेकर्डिङ, रेकर्डिङ, लोकेशन मोनिटरिङ, स्क्रिनसट लिनु, फोनको क्यामराबाट फोटो लिनु, डिभाइसको जानकारी र फाइल्सबारे जानकारी लिनु, कन्ट्याक्ट, कल लग, एसएमएस, एपको डेटा एक्सेस गर्नु यी एप्सले जिमेल, ह्याङ्आउट, मेसेन्जरजस्ता एप्सबाट जानकारी एकत्रित गरेको थियो र ह्वाट्सएप, टेलिग्राफ र भाइबरजस्ता एप्सको मेसेज पनि पढिरहेका थिए ।
गूगलका अनुसार सुरुमा उसले यस्ता एप्सलाई ब्लक गर्यो तर चाँडै नै थोरै परिवर्तनका साथ पुनः पहिलेकै फर्मेटमा प्ले स्टोरमा फिर्ता भयो ।
यो एप्सलाई साइबर आर्म्स कम्पनी एक्वस टेक्नोलोजीद्वारा विकसित गरिएको जसरी तयार गरिएको थियो । एकपटक जब त्यसलाई ब्लक गरियो तब यो क्लिनर, नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजर एप्सजस्तै देखिन थाल्यो ।
एकपटक इन्स्टल भएपछि यो एप सेकेन्ड स्टेजमा लाइसेन्स भेरिफिकेसन गराउँछन् र पुनः डिभाइसलाई स्क्यान गर्दथे र डेभलपरद्वारा नियन्त्रित एक सर्भरमा डेटा पठाउँथे । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत