कारलाई लात्तीले हानेपछि घोडालाई जेल
ब्राजिल । मानिसहरू त आफ्नो हर्कतबाट सुध्रिन सकेका छैनन, त्यो विचरा घोडाको त कुरै नगरौं ! तर, ब्राजिल प्रहरीले एक घोडालाई कारमा लात्ती हानेको आरोपमा २५ घण्टाका लागि जेलमा थुनेको छ ।
वास्तवमा पश्चिमी ब्राजीलमा एकजना व्यक्तिले आफ्नो घोडा ब्रैंको बैण्डिटलाई चराउन लिएर हिंडेका थिए । अचानक घोडाको अगाडिबाट सवार एक महिलाको कारलाई उक्त घोडाले लात हानेको थियो । यही कुरालाई लिएर कारधनी महिलाले प्रहरीमा रिपोर्ट दिएकी थिइन ।
अझ उनले जबसम्म हर्जान पाउँदिन तबसम्म घोडालाई नछोड्न समेत भनिन् । यही कुरालाई लिएर घोडाका मालिक पनि रुष्ट भए ।
अन्ततः ब्रैंकोलाई २४ घण्टा जेलपश्चात छुटकारा दिइएको छ । यही कुरालाई लिएर सामाजिक सञ्जालमा भने चर्को विरोध भएको छ । जनवारप्रति सद्भाव देखाउँदै घोडामाथि यस्तो अन्याय गर्ने विरुद्ध सामाजिक सञ्जालमा यसको निन्दा भएको थियो । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत