कारलाई लात्तीले हानेपछि घोडालाई जेल

ब्राजिल । मानिसहरू त आफ्नो हर्कतबाट सुध्रिन सकेका छैनन, त्यो विचरा घोडाको त कुरै नगरौं ! तर, ब्राजिल प्रहरीले एक घोडालाई कारमा लात्ती हानेको आरोपमा २५ घण्टाका लागि जेलमा थुनेको छ ।

वास्तवमा पश्चिमी ब्राजीलमा एकजना व्यक्तिले आफ्नो घोडा ब्रैंको बैण्डिटलाई चराउन लिएर हिंडेका थिए । अचानक घोडाको अगाडिबाट सवार एक महिलाको कारलाई उक्त घोडाले लात हानेको थियो । यही कुरालाई लिएर कारधनी महिलाले प्रहरीमा रिपोर्ट दिएकी थिइन ।

अझ उनले जबसम्म हर्जान पाउँदिन तबसम्म घोडालाई नछोड्न समेत भनिन् । यही कुरालाई लिएर घोडाका मालिक पनि रुष्ट भए ।

अन्ततः ब्रैंकोलाई २४ घण्टा जेलपश्चात छुटकारा दिइएको छ । यही कुरालाई लिएर सामाजिक सञ्जालमा भने चर्को विरोध भएको छ । जनवारप्रति सद्भाव देखाउँदै घोडामाथि यस्तो अन्याय गर्ने विरुद्ध सामाजिक सञ्जालमा यसको निन्दा भएको थियो । – एजेन्सी

Published : Sunday, 2017 December 17, 7:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया