बागमती प्रदेशका सबै खेलकुद प्रतियोगिता स्थगित
काठमाडौं । बागमती प्रदेश अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले अर्को सूचना नभएसम्मका लागि सबै खेलकुद प्रतियोगिताहरूका कार्यक्रमहरू स्थगित गरेको छ ।
परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बिहीबार सूचना जारी गरेर केन्द्र सरकारको निर्णय र निर्देशनअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि खेलकुद प्रतियोगिताहरू स्थगित गरिएको जनाएका छन् ।
यो विज्ञप्तिसँग बागमती प्रदेशमा चैतको २१ गतेदेखि २८ गतेसम्म हुने भनिएको सबै प्रतियोगिताहरू स्थगित भएका छन् ।
‘कोरोना भाईरस संक्रमणका कारण प्रदेशस्तरीय खेलकुद प्रतियोगिता लगायत प्रदेशभित्र हुने सबै खेलकुद कार्यक्रहरू अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
Published : Thursday, 2020 March 19, 1:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया