कांग्रेस नेता बस्नेतद्वारा सागमा स्वर्ण पद विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले १३औँ दक्षिण एसियाली खेल (साग)मा स्वर्ण पदक विजेता गृहजिल्ला सिन्धुपाल्चोक निवास खेलाडीहरूलाई नगद पुरस्कारले सम्मान गरेका छन् ।
काठमाडौंमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी नेपाली कांग्रेसका नेता बस्नेतले साग गेममा करातेतर्फ स्वर्ण पदक हासिल गर्ने नवीन रसाइली र सुनिता महर्जनलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरेका हुन् ।
बस्नेतले सिन्धुपाल्चोक निवासी करातेकी स्वर्ण पदक विजेता कुशुम खड्का र ताईक्वाण्डोकी स्वर्ण पदक विजेता काजल श्रेष्ठलाई सिन्धुपाल्चोक जिल्ला मै भब्य सम्मानका साथ प्रति व्यक्ति रु. ५० हजार दिने घोषणा गरेका छन् ।
पुरस्कार वितरण र घोषणा कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलगायतका खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया